पाल्पामा ऐतिहासिक भगवतीको रथसहित निकालियो सिन्दुरजात्रा


Please Share:

पाल्पा । नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक भगवतीको रथसहित सिन्दुर जात्रा निकालिएको छ ।

प्रत्येक वर्ष भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जात्रा बनाउँदै आएको छ । यसवर्ष २०६औँ भगवती खट यात्राका रूपमा सिन्दुर जात्रा हर्सोल्लासका साथ निकालिएको हो ।

यो जात्रालाई जिल्लामा निकालिने सबैभन्दा ठूलो जात्राका रूपमा लिने गरिन्छ । नेपाली सेनाले भगवतीको रथलाई १२ः३० बजे सलामी दिएर तीन पटक मन्दिर परिक्रममा गराएपछि रथ निकालिएको हो ।

रथलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले बलि चढाएपछि तानसेनको परिक्रममा गराइएको छ । रथलाई कुमाल समुदायका युवाले काँधमा बोकी नगर परिक्रमा गराएका हुन् ।

जात्राको अघिल्लो दिन अर्थात् श्रीकृष्णजन्माष्टमीका दिनदेखि एसियाको ठूलो ढोका मानिने मूल गेट खुला गरिएको थियो । पञ्चेबाजा, लाखेनाच, भजनकीर्तनसहित सांस्कृतिक झाँकीद्वारा रथलाई नगर परिक्रमा गराइएको थियो ।

जात्रालाई नगरपरिक्रमा पछि मन्दिर परिसरमा पुर्याई विसर्जन गरिने मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *