खेलकुद
-

तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
काठमाडौं । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले हाइनान कप अन्तरराष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नेपाललाई स्वर्णसहित दुई पदक दिलाएकी छिन् । चीनको हाइनान प्रदेशस्थित हाइकाउ सहरको तुनचाङ काउन्टी रङ्गशालामा भएको उक्त प्रतियोगितामा वैभवीले पुम्से विधामा स्वर्ण र क्योरुगी विधामा दोस्रो हुँदै रजत पदक जितेकी हुन् । उक्त प्रतियोगितामा दक्षिण कोरिया, फिलिपिन्स, इन्डोनेसिया, सिङ्गापुर, मलेसिया, बङ्गलादेश, थाइल्यान्ड, भियतनाम,…
-

१६ वर्षपछि स्पेनको हातमा विश्वकपको उपाधि
काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो । अत्तिरिक्त समयमा स्पेनका…
-

फुटबलको महाकुम्भ २०२६ : ४८ टोली सहभागी, नेपालमा कहाँ हेर्ने ?
काठमाडौं । विश्व फुटबलका समर्थकले लामो समयदेखि प्रतिक्षा गरेको क्षण बिहीबारदेखि सुरु हुँदैछ । मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलसँगै विश्वकप २०२६ को औपचारिक सुरुवात हुनेछ । ४८ टोली, १०४ खेल, ३९ दिनयसपटक प्रतियोगितामा इतिहासमै पहिलोपटक ४८ राष्ट्र सहभागी हुँदैछन् । प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानडाका १६ शहरमा फैलिएको छ । फाइनल जुलाई १९ मा…
-

एनपिएल दोस्रो संस्करणले तान्यो अन्तर्राष्ट्रिय समुदायको ध्यान
काठमाडौं । काठमाडौँको कीर्तिपुरमा सुरु भएको ‘नेपाल प्रिमियर लिग’ (एनपिएल) दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय क्रिकेट समुदायमा पनि उल्लेखनीय चासो देखिएको छ । विश्वस्तरीय सञ्चारमाध्यम र विदेशी प्लेटफर्ममा एनपिएलमा नेपालको फ्रेन्चाइज क्रिकेटले अन्तरराष्ट्रियस्तरमा ध्यान तानेको हो । भारत र पाकिस्तानका क्रिकेट ‘फ्यान-पोर्टल’ र क्षेत्रीय वेबसाइटहरूले एनपिएललाई स्थान दिँदै चर्चा गरेका छन् । एनपिएलबारे भारतमा स्टार स्पोट्र्समार्फत प्रत्यक्ष…
-

महिला क्रिकेट टोली भारत प्रस्थान
कञ्चनपुर । नेपाल महिला राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ । उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा यही कात्तिक २७ गतेदेखि मङ्सिर ३ गतेसम्म भारतको देहरादुनमा स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न उक्त टोली भारत प्रस्थान गरेको हो । महिला टोलीलाई जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरले आज यहाँ एक कार्यक्रमबीच बिदाइ गरेको हो । देहरादुनमा हुने सो प्रतियोगितामा…
-

त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालद्वारा भारत पराजित
काठमाडौँ । नेपालले त्रिदेशीय फुटबल प्रतियोगितामा घरेलु टोली भारतमाथि जित हासिल गरेको छ । भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा आज भएको खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा)को दुई गोलमार्फत नेपालले भारतलाई २–१ ले पराजित गरेको हो । सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई पहिलो अग्रता दिलाइन् । विमला विकले मैदानको आफ्नै भागबाट दिएको लामो पासमा…
-

ज्योतिपुञ्ज कपको उपाधि आयोजक ज्योतिपुञ्जकै हातमा
पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो ज्योतिपुञ्ज कपको उपाधि आयोजक ज्योतिपुञ्ज युवा क्लबले जितेको छ । फाइनल खेलमा दोस्रो संस्करणको विजेता युनाइटेड युथ क्लब गिरुबारी, नवलपुरलाई १–० गोलअन्तरले पराजित गर्दै ज्योतिपुञ्जले तेस्रो संस्करणको उपाधि प्राप्त गरेको हो । फाइनल खेलमा ज्योतिपुञ्जले सुमित श्रेष्ठको गोलको मद्दतमा उपाधि जित्न सफल भएको हो…
-

सामोआलाई हराउँदै नेपालले विश्वकप छनोटको उपाधि जित्यो
काठमाडौं । नेपालले सामोआलाई हराउँदै आइसिसी पुरुष टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । छनोट खेलमा नेपाल अपराजित रह्यो । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा आज भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपाल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो । नेपालले जितको लागि दिएको २१२ रनको…
-

त्रिवि क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत
काठमाडौं । सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्धारण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा क्रिकेट मैदानको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको हो । गुरुयोजना बमोजिम क्रिकेट मैदानका लागि करिब रु १० अर्ब लाग्ने अनुमान गरिएको छ ।…
-

नेपाल प्रहरी श्रीमती सङ्घद्धारा स्वर्ण विजेता एरिका सम्मानित
काठमाडौँ । नेपाल प्रहरी श्रीमती सङ्घले अन्तरराष्ट्रिय कराते प्रतियोगितामा ऐतिहासिक सफलता दिलाएकी एरिका गुरुङलाई आज नगदसहित सम्मान गरेको छ । सङ्घले भृकुटीमण्डपस्थित आफ्नै कार्यालयमा कार्यक्रम आयोजना गर्दै एरिकालाई रु. २५ हजार ५५५ सहित सम्मान गरेको हो । सङ्घकी अध्यक्ष भावना श्रेष्ठ खापुङले एरिकालाई दोसल्ला ओढाएर सम्मानपत्र द्वारा सम्मान गरेका थिए । सोही अवसरमा सङ्घले नेपाली…
