स्वास्थ्य
-

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर हट्यो
काठमाडौँ । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत उक्त व्यवस्था कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखिएको उल्लेख गर्दै अहिलेका लागि समता कर हटाइएको उल्लेख गरे । प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र…
-

नेपालका ४२ प्रतिशत क्षयरोगी उपचार बाहिर
भक्तपुर । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो योगदान’ नाराका साथ विविध चेतनामूलक कार्यक्रमका साथ देशका विभिन्न भागमा क्षयरोग दिवस मनाइएको छ । सन् २०३५ सम्ममा क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्ममा देशलाई क्षयरोग मुक्त बनाउने लक्ष्य हासिल गर्न सबैले आ-आफ्नो क्षेत्रबाट आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धताका साथ यो दिवस…
-

सुष्मा कोइराला अस्पतालले जलनमा परेका बालबालिकालाई निःशुल्क उपचार गर्ने
काठमाडौं । सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले आगोले पोलेका तथा अन्य कुनै कारणले जलनमा परेका बालबालिकालाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए । गतवर्ष १४२ बालबालिकालाई निःशुल्क उपचार गरेको पनि उनले बताए । अस्पतालका मेडिकल निर्देशक डा सन्तोष भण्डारीले १८…
-

डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रवाह हुने सेवा अब सिंहदरबार परिसरबाट लिन सकिने छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहयोगमा सिंहदरबार परिसरस्थित नेपाली सेनाको नर्सिङ दल गण रहेको स्थानमा निर्माण गरिएको ‘प्रिफ्याब’ भवनबाट स्वास्थ्य मन्त्रालयको सेवा प्राप्त गर्न सकिने छ । विश्व स्वास्थ्य सङ्गठनले करिब रु १० करोड खर्च गरेर बनाएका छ वटा…
-

एमविविएसको प्रवेश परीक्षामा प्रथम हुनेलाई शिक्षादीप कलेजको नगद सहित सम्मान
मोरङ । यस वर्षको एमविविएस प्रवेश परीक्षामा छात्रातर्फ प्रथम स्थान ल्याउने शिक्षादीप कलेज विराटनगर–९ की छात्रालाई आज यहाँ नगदसहित सम्मान गरिएको छ । सोही कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले प्रथम स्थान प्राप्त कलेजकी छात्रा विभाकुमारी नायकलाई नगद रु ५१ हजारसहित सम्मान गर्नुभएको हो । यसैगरी कलेजले एमविविएस प्रवेश परीक्षाका छात्रवृत्ति सहित उत्कृष्ट अङ्क ल्याउने छात्रछात्राहरु पुष्पराज…
-

निःशुल्क आँखा शिविरबाट चार सय २१ जना लाभान्वित
सिरहा । लहान नगरपालिकाको आर्थिक सहयोग र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा जनता मावि गाढामा आज वडा नं १९ र २३ का स्थानीयवासीका लागि निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । शिविरबाट ४२१ जना स्थानीयवासीले निःशुल्क आँखा जाँचसम्बन्धी सेवा लिएका छन् । जाँच गरिएकामध्ये १४५ जनामा मोतिविन्दु देखा परेको वडा नं १९ का…
-

राष्ट्रपति अस्पतालबाट डिस्चार्ज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार उनी अस्पतालमा भर्ना भएकामा उनको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज भएको हो ।
-

जेन-जी प्रदर्शन पछि युवापुस्तामा मानसिक समस्या बढ्दो
काठमाडौँ । काठमाडौँमा बस्दै आएकी सोह्र वर्षीया एक छात्रा रातभर निदाउन सकिनन् । लगातार जेनजी प्रदर्शनका दृश्यहरू झल्झली आँखामा आउन थालेपछि छटपटी भइरह्यो । पढाइमा पटक्कै मन गएन । समस्या जटिल बन्दै गएपछि परिवारले उनलाई लगनखेलस्थित मानसिक अस्पताल पुर्यायो । चिकित्सकले उनलाई शान्त रहने अभ्यास सिकाउँदै औषधि दिएका छन् । अर्का एक २५ वर्षीय युवा…


