महिला नेतृहरुको लामो सङ्घर्ष र बलिदानीपछि आजको उपलब्धि हासिल भएको हो : परराष्ट्रमन्त्री


Please Share:

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महिला नेतृहरु मङ्गलादेवी सिंहदेखि लिएर शैलजा आचार्यसम्मका महिलाको योगदानको स्मरण गर्दै महिला नेतृहरुको लामो सङ्घर्ष र बलिदानीपछि नेपाली महिला आन्दोलनले आजको उपलब्धि हासिल गर्न सकेको बताएकी छिन् ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घद्वारा आज आयोजित विगत वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूमिका विषयक गोष्ठीमा बोल्दै उनले महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धि हाँसिल भएको बताएकी हुन् ।

वर्तमान अवस्था पर्याप्त भने नरहेको र महिलाले अझै धेरै सङ्घर्ष गर्न बाँकी रहेको उनको भनाइ थियो । विसं २००७ को क्रान्तिदेखि गणतन्त्रको प्राप्तिसम्मका सबै आन्दोलनमा नेपाली महिलाको सक्रिय सहभागिता रही आएको उनले स्मरण गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *