ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खु कारागार पुगी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटघाट गरेका छन् ।
उनले लामिछानेसँग भेटघाट गरी कारागारको बसाई बारेमा जानकारी लिनुका साथै कारागारमा भएको असहजता र सहजताका विषयमा समेत चासो राखेको दाहालको सचिवालयले बताएको छ ।
थुनामा रहेका पूर्वगृहमन्त्री लामिछानेले भैरहवा कारागारको भन्दा नख्खुमा धेरै राम्रो सेवासुविधा भएको भन्दै कारागार प्रशासनको प्रशंसा गरेका छन्।











Leave a Reply