कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मजदुर वर्गको वास्तविक समस्या समाधान गर्नका लागी समाजवादी व्यवस्थामा आवश्यक रहेको बताएका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले सहमति र सम्झौताबाट अहिलेको व्यवस्था आएकाले मजदुरहरूले आफ्ना सबै अधिकार प्राप्त गरिनसकेका बताए ।
मजदुर तथा सम्पूर्ण उत्पीडित वर्गका साथै समुदायको वास्तविक समस्या समाधान समाजवादमा मात्र सम्भव छ । समाजवादी क्रान्तिका लागि अबको तयारी गर्नुपर्दछ अध्यक्ष दाहालको धारण रहेको थियो । समाजवादीबीचमा एकता गरी आगामी निर्वाचनमा एकजुट भएर समाजवादी क्रान्तिको रणनीतिलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।











Leave a Reply