काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन । सिस्नुपानी नेपालको प्रस्तुति जुरुक्क कर्नाली कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका सकारात्मक प्रयास र विकासलाई पनि उत्तिकै महत्व दिन आग्रह गर्दै कसैलाई सरापेर नभई कर्मठ भएर लाग्दा मात्रै नेपाल बन्ने स्पष्ट पारेका छन्।
सबैले आफ्नो ठाउँबाट योगदान गरेमा मात्रै मुलुकलाई बनाउन सकिने उनको धारण रहेको छ ।
कार्यक्रमले कर्णालीको विकासका लागि हौसला दिने र आशाको दियो बाल्ने खालको छ, तर भएका विकास र प्रगतिका कुरा अझै आएनन् । कर्णालीमा हामीले विश्वविद्यायल, स्वास्थ्य प्रतिष्ठान, कर्णाली करिडोर, हुम्ला जोड्ने बेलिब्रिज, रङ्गशाला आदि बनाइएको छ, उनले भने, कर्णालीको स्याउले अब बजार पाउँछ । अब सबै सदरमुकमासहित हुम्लामा कालोपत्र बाटो पनि जान्छ । हामी सबैले सकारात्मकता र आशा जगाउनुपर्छ । मोटरबाटो चढी जाउँला रारा घुम्न जस्ता गीतहरु अब यथार्थमा परिणत भइसकेका छन् ।











Leave a Reply