उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तानी गर्नुपर्छः अध्यक्ष नेपाल


Please Share:

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उखु किसानलाई अनुदान स्वरूप उपलब्ध गराउनुपर्ने रकम अविलम्ब भुक्तानी गर्न माग गरेका छन् ।

उखु उत्पादक सङ्घले रकम भुक्तानी लगायत विभिन्न माग राखेर माइतीघर मण्डलामा आयोजना गरेको धर्नामा ऐक्यबद्धता जनाउँदै उनले किसानको माग पूरा गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानलाई उत्पादनका आधारमा प्रतिक्विन्टल रु. ७० उपलब्ध गराउँदैन आएको छ । गत पुस यता करिब आठ महिनादेखि भुक्तानी बाँकी रहेको र सरकारले अनुदानमा प्रतिशत कटौती गरेको भन्दै किसानले विरोध गरिरहेका छन् ।

मन्त्रालयले पशु तथा कृषि बीमा, बीउबिजन, मल, कृषि उपकरणमा किसानलाई अनुदान सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *