नेपाल प्रहरीको ३२औं आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त


Please Share:

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भदौ १९ गतेदेखि लागु हुने गरी उनलाई महानिरीक्षक पदमा नियुक्त गरेको हो । खापुङ अहिले सीआईबी प्रमुख छन् ।

वर्तमान आईजीपी दीपक थापाले यही भदौ १८ गते राति १२ बजेदेखि अवकाश पाउँदै छन् । सरकारले प्रधानमन्त्री चीन भ्रमण जानुअघि नै आईजीपीको टुंगो लगाएको हो । प्रधानमन्त्री केपी ओली शनिबारदेखि चीन भ्रमणमा जाँदै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *