फिचर
-

भोटेकोशी बाढीपछि चलायमान बन्दै कोरला नाका, मुस्ताङ भन्सारको राजस्व सङ्कलन उच्च विन्दुमा
मुस्ताङ । तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि मात्रै सीमित थियो । कोभिड महामारीअघि चीनको तिब्बती भूमि झोङ्वासेन पठारमा बर्सेनि असार र भदौ महिनामा सीमित समयका लागि मात्रै कोरला नाकाको ढोका खुला हुन्थ्यो । नेपाल–चीन सीमावर्ती क्षेत्रका नागरिकका लागि दैनिक उपभोग्य वस्तुहरुको किनमेल गर्न चीन पक्षले कोरला…
-

प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’, स्थानीयको आयआर्जनमा टेवा
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा अवस्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण तथा संरक्षणका कामलाई प्राथमिकता दिएसँगै अरुण डाँडामा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो । गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा यहाँ बुद्ध, शिव र यलम्बरका मूर्ति, विश्रामस्थललगायतका आवश्यक संरचना निर्माण गरिएको…
-

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु, व्यापारीहरुको चहलपहल बाक्लियो
मुस्ताङ । स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । जिल्लास्थित सरोकारवाला निकायहरुले जिल्लामा छिटो पाक्ने स्याउ टिप्ने समय यही भदौ १५ गते तोकिएसँगै किसान तथा व्यापारीले धमाधम छिटो पाक्ने जातका स्याउ टिप्न सुरु गरेका हुन् । जिल्लाको स्याउको गुणस्तर कायम राख्न तथा बिक्री वितरण गर्न जनाउँदै जिल्ला समन्वय समितिको पहलमा…
-

सुदूरपश्चिममा प्याराग्लाइडिङ अध्ययनः पर्यटन ‘सर्किट’ निर्माण गर्न सकिने
सुदूरपश्चिम । बिहानको पहिलो घाम चुरेका डाँडामाथि फैलिएको छ । तल कर्णाली नदीको नीलो घुम्ती, छेवैमा बर्दियाको घना जङ्गल र टाढासम्म देखिने कैलालीको समथर भूभाग । पाइलटले हावाको दिशा नियाल्दै प्याराग्लाइडरको ‘क्यानोपी’ फुकाउँछ । केही सेकेन्डमै ऊ जमिनबाट छुट्टिएर आकाशतिर उक्लिन्छ । तलका गाउँहरू साना बिन्दुमा बदलिन्छन् । कर्णाली नदी चाँदीको धर्सो झैँ देखिन्छ ।…
-

सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार
बैङ्कक । म्यानमाको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान सुकीको पूर्ण तथा निःशर्त रिहाइका लागि दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)ले गरेको आह्वान अस्वीकार गरेको छ । म्यानमाको विदेश मन्त्रालयले आसियानको विशेष दूतको आवश्यकता पनि नरहेको जनाएको छ । राष्ट्रपति मिन आङ ह्लाइङले सन् २०२१ मा सुकी नेतृत्वको निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि म्यानमाले…
-

ब्रोड पिक हिमाल दुर्घटनाः ‘निम्स दाइ’सहित १० जना आरोहीको निधन, पर्यटन क्षेत्र शोकमा
काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना आरोहीको निधन भएपछि नेपाल शोकमा डुबेको छ । विश्व पर्वतारोहण इतिहासमा असम्भवलाई सम्भव बनाउने साहसी आरोहीका रूपमा स्थापित निम्स दाइको असामयिक निधनले नेपालमात्र नभई अन्तरराष्ट्रिय पर्वतारोहण समुदाय, साहसिक पर्यटन…
-

पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै हुने
काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम पुँजी भएका उद्योगको विभिन्न सिफारिसका काम प्रदेश सरकार र सो मातहतका निकायबाटै हुने स्पष्ट पारेको छ । उद्योग विभागले सार्वजनिक सूचना जारी गरेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पुँजी रु २५ करोडभन्दा कम पुँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिनरी, औजार, कच्चा पदार्थसम्बन्धी…



