अकबरे खुर्सानी बाटै लाखौँ आम्दानी


Please Share:

तानसेन । रिब्दीकोट गाउँपालिका–२ देउरालीकी सावित्रा पौडेलले यस वर्ष अकबरे खुर्सानीबाट पाँच लाख बढी आम्दानी गर्ने योजना बनाएकी छिन् । वन्यजन्तुले हैरान पारेपछि वैकल्पिक खेतीका रुपमा अकबरेको खेती थालेकी उनले भदौको पहिलो सातासम्म रु ६६ हजारको ३०० केजी खुर्सानी बिक्री गरेको बताइन् । चार लाख ५० हजारको बराबरको अकबरे फलेको उहाँको अनुमान छ ।

उनले पाँँच रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी लगाएकी थिइन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन) मार्फत कृषि सामग्रीसँगै प्रविधिक सहयोग भएको र बजारीकरणका लागि सहकारीबाट सहयोग लिएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *