आजबाट सरकारको औचित्य समाप्त भयो : डा. शेखर कोईराला


Please Share:

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आजबाट वर्तमान सरकारको औचित्य पूरै समाप्त भएको टिप्पणी गरेका छन् ।

सोमबार जेन जी आन्दोलनको क्रममा साँझसम्म १९ जनाको मृत्यु हुनेगरी सरकारले रक्तपातपुर्ण दमन गरेपछि नेता कोइरालाको उक्त टिप्पणी आएको हो ।

नेता कोइरालाले विधिसम्मत ढंगले मिलेर देशका समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

‘तपाईंहरूका माग समयसापेक्ष र जायज छन् । आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भन्दा अरू के होला र रु देशबाट भ्रष्टाचार निर्मूल हुनैपर्छ,’ उनले लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *