एमसीसीमा सैन्य रणनीति जोडिएको छ कि छैन भन्ने विषयमा निगरानी गर्नुपर्छ : महासचिव गुरुङ


Please Share:

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सँग सैन्य रणनीति जोडिएको छ कि छैन भन्ने विषयमा निगरानी गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव गुरुङले यस्तो बताएका हुन् । हालसम्म परियोजना कार्यान्वयनका क्रममा जग्गा अधिग्रहण लगायतका पक्षमा सैन्य योजनासँग प्रत्यक्ष सम्बन्ध नदेखिएको भएपनि भविष्यमा त्यस्तो सम्बन्ध पुष्टि भएको खण्डमा सरकारले तत्काल त्यसलाई खारेज गर्ने तयारीका साथ सजकता अपनाउनु पर्नेमा उनले जोड दिए ।

उनले एमसीसीलाई विकास परियोजना र आर्थिक सहयोगको दृष्टिले हेर्दा सकारात्मक भएको पनि टिप्पणी गरे । उनले आर्थिक सहायमार्फत प्राप्त सहयोगले नेपालको कृषि, औद्योगिक अर्थतन्त्र र राष्ट्रिय पूँजी निर्माणमा टेवा पुर्याउन सक्ने वा नसक्ने विषय निर्क्योल गरेर मात्र निर्णय गर्नुपर्ने आवश्यकता समेत औँल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *