काठमाडौँ । नेकपा (एमाले) को १० औँ केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक आज पनि जारी छ । बैठक ललितपुरको जावलाखेलमा प्रारम्भ भएको हो ।
यही असोज २९ र ३० गते बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदन माथि आज आ–आफ्नो धारणा राख्नु हुने प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यस अघि करिब २०० केन्द्रीय सदस्यले आ-आफ्नो धारणा राखिसकेका छन् ।
आजको बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरुले आफ्ना धारणा राख्ने छन् । एमालेमा स्थायी र पदाधिकारी सहित ९९ नेताहरु रहेका छन् । स्थायी र पदाधिकारीलाई पनि तीन मिनेटकै समय उपलब्ध गराइने प्रचार विभाग प्रमुख गौतमले बताए । सबैले धारणा राखेपछि अन्त्यमा अध्यक्ष ओलीले प्रतिवेदनमाथी उठेका सुझावहरुको एकमुष्ट जवाफ दिए पछि बैठक समापन गरिने छ ।
अध्यक्ष ओलीको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरुले दिएका सुझाव, वर्तमान राजनीतिक परिस्थिति पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताको भूमिका आदिका बारेमा निर्णय लिने अपेक्षा गरिएको छ । यस्तै आजको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।











Leave a Reply