१३ साउन, काठमाडौं । लालपुर्जा नेपालले (होप अफ नेस्टु) अभियान अन्तर्गत कोटेश्वरमा चराहरूको लागि सुरक्षित बासस्थान निर्माण गरेको छ।
सरला पोखरेलले उक्त बासस्थानको शुभारम्भ गर्दै सहरी जैव विविधता संरक्षणमा जनचेतना फैलाउने लक्ष्य रहेको बताइन्।
लालपुर्जा नेपालले आगामी दिनमा विद्यालय र समुदायमा प्राकृतिक संरक्षण र वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। अभियानको मुख्य नारालाई आत्मसात गर्दै लालपुर्जाले कोटेश्वर क्षेत्रमै पहिलो पटक चराहरूको लागि संरक्षित बासस्थान निर्माण गरेको हो । लालपुर्जा नेपालको तर्फबाट सरला पोखरेलले बुधबार कोटेश्वरस्थित महादेवस्थान मन्दिर परिवारमा उक्त बास्सथानको शुभारम्भ गरेकी छन्।
यो बासस्थानमा स्थानीय प्रजातिका चराहरूका लागि अनुकूल आवास, पानी र आहारको व्यवस्था गरिएको छ । बासस्थानको निर्माणले सहरीकरणको दबाबमा परेका चराहरूलाई संरक्षण र सन्तुलित बास्थान उपलब्ध गराउने लक्ष्य लिएको छ ।











Leave a Reply