काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेनजी पुस्ताले आफूलाई अत्यधिक रुचाएकाले सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छिन् । उनले जेनजी आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएकी हुन् ।
‘उनीहरूले मलाई प्रस्ताव गरे । यो मप्रतिको विश्वास हो । म छोटो समय सरकार चलाएर चुनाव गराउनेछु । मैले जेनजीको प्रस्तावलाई स्वीकार गरेँ,’ उनले भनिन् ।
कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी युवाप्रति श्रद्धाञ्जली दिँदै उनीहरुका अभिभावकको मागलाई सम्बोधन गर्ने पनि बताइन् । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबार लगायत सबै सरकारी भवन जलेकोमा उनले दुस्ख व्यक्त गरेकी छिन् ।
सरकारको नेतृत्व गरेपछि आफ्नो पहिलो चरणको काम भ्रष्टाचार नियन्त्रण हुने बताइन् । नेपाली राजनीतिमा सधैँ समस्या भइरहेको भन्दै कार्कीले अब जेनजी पुस्तासँग मिलेर दीर्घकालीन समाधान खोज्ने बताइन् ।











Leave a Reply