काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले जेनजी पुस्ताको प्रदर्शनमा सरकारले हिंसात्मक कदम चालेको बताएका छन् ।
महासचिव भुसालले आज एक विज्ञप्ति जारी गर्दै सरकारले शान्तिपूर्ण तरिकाले समस्या समाधान नगरी हिंसात्मक दमनतर्फ उत्रिएको आरोप लगाए।
महासचिव भुसालले उनीहरूका जायज माग सम्बोधन गर्न र उनीहरू माथि कुनै पनि दमनकारी गतिविधि नगर्न माग गरेका छन् । उनले आन्दोलनको गरिमा र यसले पाएको जनसमर्थनलाई दुरुपयोग नगर्न आन्दोलनरत युवालाई आग्रह पनि गरेका छन् ।











Leave a Reply