जेन–जीको प्रदर्शन र घटनाको जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्छ : महामन्त्री थापा


Please Share:

काठमाडौँ । सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले जेनजीको सोमबार भएको प्रदर्शनमाथि भएको घटनाको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् ।

सोमबार बसेको पार्टी पदाधिकारी बैठकमा थापाले प्रधानमन्त्री ओलीले घटनाको जिम्मेवारी लिनुपर्ने बताएका हुन् । उनले कांग्रेस र एमालेको सरकार रहिराख्नुको औचित्य पनि समाप्त भएको बताएका छन् ।

उनले जेन–जीको प्रदर्शनमाथि भएको सरकारी बल प्रयोगको कुनै पनि तवरले जायज मान्न नसकिने स्पष्ट पारेका छन् । ुआजको घटनाको सबै जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ । आज युवा पुस्ता (जेन–जी) ले गरेको शान्तिपूर्ण आन्दोलनमा जुन अवाञ्छित र हिंसात्मक गतिविधि भए त्यो दुःखद छ, अस्वभाविक छ । आन्दोलनलाई नियन्त्रण गर्ने नाममा सरकारले गरेको चरम दमन निन्दनीय र अक्षम्य छ, थापाले भनेका छन्, कुनै पनि कोणबाट सरकारको यो शैली जायज हुन सक्दैन ।

सरकारको असंवेदनशीलता कै कारण आज अनाहकमा धेरै युवाले ज्यान गुमाउनु परेको यो हृदय विदारक घटनाले स्तब्ध बनाएको छ । आन्दोलनमा भएको बल प्रयोग, दमन र आक्रमणको नैतिक जिम्मा लिएर गृहमन्त्रीज्यूले राजीनामा दिनुभएको छ । यो समग्र परिस्थितिको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *