काठमाडौँ । नेपाल तामाङ संघ (समाजवादी) केन्द्रीय कमिटीको कार्यवाहक अध्यक्षमा किरण मोक्तान सर्वसम्मत चयन भएकी छिन् ।
काठमाडौँमा मंगलबार बसेको तामाङ संघ समाजवादी केन्द्रीय पदाधिकारीको बैठकले मोक्तानलाई कार्यवाहक अध्यक्षमा चयन गरेको हो । उनी महासचिवको जिम्मेवारी बहन गर्दै आएकी थिईन् ।
नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव चन्द्रबहादुर तामाङको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो । उक्त बैठकले आगामी महाधिवेशन केन्द्रित कार्यक्रमहरु आयोजना गर्ने योजना बनाएको बताईएको छ ।











Leave a Reply