नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा युवाहरूमा चरम निराशा छायो : विप्लव


Please Share:

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा युवाहरूमा चरम निराशा छाएको र देश दलाल, तस्कर र मानव बेचबिखन गर्नेहरूको चङ्गुलमा फसेको बताएका छन् ।

शनिबार वीरेन्द्रनगरमा आयोजित ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै चन्दले देशका प्रमुख राजनीतिक दलहरूले ‘समाजवाद’ को नारालाई माध्यम बनाएको र व्यवहारमा दलाल पुँजीवादलाई संरक्षण दिइरहेको आरोप लगाएका हुन्।

अहिले नेपालमा समाजवाद भन्ने शब्दको दुरुपयोग भएको भन्दै उनले भ्रष्टाचारी, तस्कर, मान्छे बेचेर खानेहरू सबैले समाजवादकै कुरा गरेर हिडिरहेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *