काठमाडौँ । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्थानीय तहका महिला जनप्रतिनिधिहरूले सफल नेतृत्व गरिरहेको बताएकी छन् ।
मंगलवार काठमाडौँमा आयोजित प्रेरणादायी महिला जनप्रतिनिधि विषयक कार्यक्रममा बोल्दै शाक्यले स्थानीय तहका महिलाले देखाएको आँट, हिम्मत र स्पष्ट सोच प्रशंसायोग्य रहेको उल्लेख गरिन्।
उनका अनुसार मुलुकलाई समृद्ध बनाउन महिला नेतृत्वलाई स्थापित गर्न जरुरी छ। सञ्चार माध्यमहरूले पनि महिलाहरूलाई अघि बढाउन सहयोग गर्नुपर्ने भन्दै उनले समाजलाई विभेदमुक्त बनाउन महिलाको नेतृत्व अपरिहार्य रहेको जिकिर गरिन्।
७२ वर्ष पुगेकी शाक्यले अब आफू बिस्तारै राजनीतिबाट पछि हट्ने भए पनि महिलाहरू सक्षम रूपमा अगाडि बढ्न सक्ने विश्वास व्यक्त गरिन्।











Leave a Reply