नेपाल पर्वतारोहण सङ्घका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण


Please Share:

काठमाडौं । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को नवनिर्वाचित कार्यसमितिले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ ।  पर्यटन व्यवसायी फुर ग्याल्जे शेर्पाको नेतृत्वमा यही भदौँ ७ गते नयाँ कार्यसमितिका लागि  निर्वाचन भएको थियो ।  

सो अवसरमा वाग्मती प्रदेशसभा सदस्य याङकिला शेर्पाले नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनमा एनएमएको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मीले पर्वतीय पर्यटनको नीतिगत सुधारका लागि काम गर्ने विश्वास व्यक्त गरे । एनएमएका नवनिर्वाचित अध्यक्ष फुर ग्याल्जेन शेर्पाले आरोही कल्याणकारी कोषलाई अगाडि बढाउनुका साथै आरोहीको उद्धार र राहतको कामलाई प्रभावकारी बनाउन आवश्यक संयन्त्र व्यवस्थापन गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *