नैतिकताको प्रश्न सत्तासँग जोडिएपछि खतरनाक : महासचिव भुषाल


Please Share:

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नैतिकताको प्रश्न सत्तासँग जोडिएपछि त्यो खतरनाक हुने पनि बताएका छन् । बुधबार काठमाडौँमा नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्मृति सभालाई सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् ।

साथै उनले आजको नैतिकताको व्याख्या पुँजीवादले गर्ने पनि बताए । आजको नैतिकताको व्याख्या पुँजीले गर्छ, भुसालले भने, ‘पुँजीवादको सीमा काटेको पुँजीवाद मात्र हामीकहाँ रहेको छ । जसलाई म दलाल पुँजीवाद भन्छु ।

त्यसक्रममा उनले व्याख्या गरिएको पुँजीवादले पनि काम नगरेको उनले बताए । उद्यम र लगानी नगर्ने नाफामात्र खाने । अकुत नाफा खाने र त्यसबाट राजनीतिक पार्टी किन्ने, सांसद किन्ने, सरकार अदालत किनेर चलाउने, उनले भने, त्यो भएपछि नेता नेता रहँदैन, न्यायाधीश न्यायाधीश रहँदैन ।

उनले नैतिकका आधारमा नेता, मन्त्री र प्रधानमन्त्री नभएसम्म मुलुकको समस्या रहिरहने धारण व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *