पाँचखाल तालिम केन्द्रबाट नेपाली सेनाको टोली काठमाडौँ आउँदै


Please Share:

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल तालिम केन्द्रबाट नेपाली सेनाको टोली काठमाडौं आएको छ ।

पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रबाट बिहीबार दिउँसो करिब आधा दर्जन गाडीमा नेपाली सेनाको फौज काठमाडौं आएको हो ।

काठमाडौंमा गत सोमबार र मंगलबार भएको ध्वंसात्मक प्रदर्शनका कारण नेपाली सेनाले सुरक्षा नेतृत्व हातमा लिएको थियो ।

अहिले पनि राजधानी लगायत देशभर निषेधाज्ञा चलिरहेको छ । यसैबीच सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै थप शक्ति परिचालनका लागि पाँचखाल तालिम केन्द्रबाट सेनाको टोली काठमाडौं ल्याइएको सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *