पूर्वराष्ट्रपतिको सदस्यता सम्बन्धी विषयलाई यथाशीघ्र टुङ्ग्याउन पाण्डेको सुझाव


Please Share:

काठमाडौँ । नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन र विधान सम्बन्धी दस्ताबेज माथि छलफल गर्दै ठोस सुझाव राखेकी छन्। उनले प्रतिवेदनमा मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद, लेनिनवाद, जबज जिन्दाबाद छुटेको भन्दै अनिवार्य समावेश गर्नु पर्नेमा जोड दिएकी हुन् ।

विधान सम्बन्धी विषयमा उनले दुई खाले पार्टी सदस्यता दिने बाटो अवलम्बन नगर्नुपर्ने र उमेर हद तथा कार्यकालको प्रावधानलाई अभ्यास गर्ने मौका नै नदिई हटाउनु कच्चापन देखिने भएकाले यसलाई कायम राख्न वा आत्मालोचना सहित मात्र परिवर्तन गर्नुपर्ने भनाइ राखिन्। महिलाको सङ्ख्या पार्टी सदस्यतामा एकतिहाइ नजिक पुगेको अवस्थालाई मध्यनजर गर्दै, केवल पार्टी कमिटीमा मात्र नभई पदाधिकारी, विभाग, निकायलगायत सबै संरचनामा पनि कम्तीमा एकतिहाइ महिला अनिवार्य हुने प्रावधान स्पष्ट गर्नुपर्ने उनले माग गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *