पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन संविधानमा कुनै बन्देज छैन : देउवा


Please Share:

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको उल्लेख गरेका छन्।

उनले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताए ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताए ।

उनले नेपाली कांग्रेसको आसन्न महाधिवेशन समय आएपछि हुने प्रतिक्रिया दिए । तत्काल सरकारका मन्त्रीहरु हेरफेर नहुने सभापति देउवाले स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *