काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा आज राजधानी सहित देशभर जेनजीको प्रदर्शन भएका छन् । उक्त प्रदर्शनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर ५ जना प्रदर्शनकारीको मृत्यु भएको छ । बैठकमा जेनजीको प्रदर्शनका विषयमा छलफल हुने बताईएको छ ।











Leave a Reply