काभ्रेपलाञ्चोक । बिपी राजमार्ग अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ । वर्षको समयमा समेत अवरुद्ध हुन नदिइएको उक्त राजमार्गको क्षतिग्रस्त सडक दुई हप्ताभित्र पुनः मर्मत गरिसक्ने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ । करिब एक वर्षअघिको बाढीपहिरोले क्षतिविक्षत बनाएपछि अस्थायी निर्माण गरी राजमार्ग सञ्चालन भइरहेको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए । दशैँ लगायतका चाडबाडमा यात्रीको चाप बढ्ने भएकाले सडकलाई अवरुद्ध हुन नदिन पुनः मर्मत तथा सुधारको काम गर्न लागिएको बताइएको छ ।
कार्यालयले बाढीपहिरो पश्चात पहिलाको भन्दा केही फिट उचाइमा अस्थायी फिलिङ गरी यातायात सञ्चालनका लागी निर्माण गरिएको सडक वर्षामा क्षति हुन नदिन सतर्कता अपनाउँदै इक्युपमेन्ट र संरचना निर्माण गरेको जनाएको छ । बाढीले क्षति गर्नसक्ने काभ्रेपलाञ्चोकतर्फको चौकीडाँडा, कटुञ्जेबेँसी, मङ्गलटार र माम्तीमा हुनसक्ने क्षति रोक्न ग्यावियन जालीको पर्खाल लगाइएको र सडक अवरुद्ध भइहाले पन्छाउन ठूला बोल्डर तयारी अवस्थामा राखिएको थियो । कार्यालयले वर्षायाममा बाढीपहिरोका कारण हुन सक्ने राजमार्ग अवरुद्ध तत्काल हटाउन सडक पुनर्निर्माणका लागि ठेक्का लागेको सडकखण्डमा निर्माण व्यवसायीको १५–१५ वटा उपकरणका साथै डिभिजनले डोजर, टिपर, लोडरलगायत सात उपकरण तयारी अवस्थामा राखिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर योगेशले बताए











Leave a Reply