काठमाडौँ । भियतनामीका उपराष्ट्रपति भो थिआन सुआन तीन दिने भ्रमणमा नेपाल आउने भएकी छिन् । उपरराष्ट्रपति रामसहाय यादवको निमन्त्रणामा हुन लागेको भ्रमणमा उनी आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनको भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालय र भारतमा रहेको भियतनामी दूतावास जुटेका छन् । उनको कार्यक्रम तथा भेटघाटको एजेन्डाको बारेमा छलफल गरिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
नेपालमा उनले शनिवार र आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव, प्रधानमन्त्री केपी शर्मा अोलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनको भेटघाट परराष्ट्रमन्त्री डा.आरजु राणासँग पनि हुने बताइएको छ ।











Leave a Reply