काठमाडौँ । भुटान एयरलाइन्सले पोखरामा चार्टर उडान गर्ने जनाएको छ ।
एयरलाइन्सले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न लागेको हो । हाल भुटानबाट त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुटान एयरलाइन्सले सातामा चार वटा उडान गर्दै आएको छ ।
पोखरादेखि भुटान र भुटानदेखि पोखराको सिधा उडानले दुवै देशको पर्यटन प्रवर्द्धन सहयोग पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।
पोखरालाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्न यसले महत्त्वपूर्ण योगदान गर्ने उनले बताए । यसको निरन्तरताका लागि विशेष पहल गर्न पर्यटन व्यवसायीहरूलाई समेत आग्रह गरेका हुन् ।











Leave a Reply