काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ प्रदेश सभा २ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने बताएको छ ।
यसअघि सर्वोच्च अदालतले मनाङको प्रदेश सभा २ मा निर्वाचित भएका सांसद दीपक मनाङे (राजीव गुरुङ)को पदमुक्त हुने सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्न ढिलाइ गरेका कारणले निर्वाचन आयोग अन्योलमा परेको थियो ।
निर्वाचन आयोगले रुपन्देही– ३ को उपनिर्वाचनको मिति तोके पनि मनाङेको ज्यान मुद्दासम्बन्धी फैसलाको पूर्णपाठ नआएकै कारणले गर्दा मिति तोकेको थिएन ।
सर्वोच्चले सोमबार पूर्णपाठ सार्वजनिक गरेसँगै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गण्डकी प्रदेश सभा २ मा पनि अब कात्तिक १७ गते नै उपनिर्वाचन हुने बताएका छन् ।











Leave a Reply