माइती नेपालले गर्यो एक वर्षमा १८ जनाको उद्धार


Please Share:

झापा । मानव बेचबिखनविरुद्ध सक्रिय माइती नेपालले एक वर्षमा हराएकाहरु मध्ये १८ जनाको उद्धार गरी आफन्तलाई बुझाएको छ । आर्थिक वर्ष २०८१र८२ मा विभिन्न जिल्लामा हराएका ६९ जना नेपालीको खोजीका लागि कार्यालयमा निवेदन परेकामा १८ जनाको उद्धार गरिएको हो ।

माइती नेपालका प्रदेश प्रमुख गोविन्द घिमिरेले भेटिएकामध्ये १६ जनालाई भारतको विभिन्न सहरमा खोजी गरी फेला पारिएको जानकारी दिए । उनका अनुसार दुई जना नेपालभित्रै फेला परेका हुन् ।

पूर्वीनाका काँकडभिट्टामा निगरानी गर्दै आएको माइती नेपालले मानव बेचबिखनको नियन्त्रण, रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

आव २०८०र८१ मा ६२ हराएको निवेदन आएकामा १६ जना भेटिएका कार्यालयले जनाएको छ । भारततर्फ जोखिमपूर्वक जान लागेका एक सय ६८ जनालाई सो अवधिमा सीमाबाट फर्काइएको थियो ।

परिवारबाट विरक्तिएर जानेहरू भारततिरै रोजगारी गरेर लुक्ने र कतिपयले नयाँ घरजम गरेर बस्ने भएकाले हराएका मध्ये धेरैजसो नभेटिएका घिमिरेको भनाइ छ । उनका अनुसार माइती नेपालद्वारा पूर्वीनाका काँकडभिट्टामा तैनाथ गरिएको टोलीले भारततर्फ जान लागेका संदिग्ध बालबालिका, किशोरी र महिलाको नियमित निगरानी गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *