राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिको अवसरमा पशुपतिनाथको पूजाआराधना


Please Share:

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आज पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्नुभएको छ ।

महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आज अपराह्न पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् ।

उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरे । मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हासहितका मन्त्रीहरू, मन्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय नियकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गरेका थिए ।

महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *