रोकिएको धुलिखेल–सूर्यविनायक सडकमा विस्तार कार्य सुरु


Please Share:

काभ्रेपलाञ्चोक । वर्षाका कारण रोकिएको अरनिको राजमार्ग अन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको काम पुनः सुरु गरिएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० स्थित जनागाल क्षेत्रमा पिच गर्ने प्रक्रिया थालिएको आयोजनाले जनाएको छ ।

सडक पिच गर्नका लागि सिटिब को काम भइरहेको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको हो । जनागालबाट भैँसेपाटी हुँदै साँगातर्फ सिटिबीको काम सुरु भएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए। उनका अनुसार यसअघि असार र साउन महिनामा मनसुनका कारण विस्तार कार्य रोकिएको थियो ।

बनेपाको पुलबजार क्षेत्रमा भने करिब छ महिनादेखि स्थानीयको अवरोधका कारण काम ठप्प अवस्थामा नै रहेको छ । उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा सेन्टर लाइनको विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि विस्तार कार्य रोकिएको हो । सेन्टर लाइनबाट दायाँबायाँ ७५-७५ फिट (१५० फिट) मध्ये पनि १४० फिटमा काम भइरहेकामा स्थानीयले दुवै तर्फका घरमा बराबर छुट्याउनुपर्ने विषयमा विवाद निकालेर निर्माण कार्य अवरुद्ध पारेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *