काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लक्षित ‘शेषनागले पृथ्वी बोक्ने कुरा दन्त्यकथा भइसकेको’ टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले शेषनागले पृथ्वी कहीँ पनि नबोकेको टिप्पणी गरे । शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने नसोच्न उनले चेतावनी दिए । विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्ने पुष्टि गरिसकेको उनले बताए ।
“शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन । शेषनागले पृथ्वी बोकेको पनि हुँदैन । त्यो त दन्त्यकथा हो,” उनले भने, “शेषनागले पृथ्वी बोकेको छ, त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्त्यकथा हो । आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो । त्यसकारणले यो पृथ्वी चल्छ, केही ढल्दैन ।”
पृथ्वी कसैले छोड्दैमा नढल्ने उनको प्रचण्ड लक्षित टिप्पणी थियो ।











Leave a Reply