समाजवादउन्मुख अर्थतन्त्रको विकासले मात्रै सामाजिक विभेदको अन्त्य गर्न सक्छ : अध्यक्ष नेपाल


Please Share:

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी निकट अखिल नेपाल महिला सङ्घद्वारा आज यहाँ आयोजित प्रशिक्षण तथा तीज विशेष कार्यक्रममा उहाँले समाजमा सबै प्रकारका विभेदको अन्त्य गरी समानता, न्याय, मानव अधिकार, समानुपातिक, समावेशी प्रतिनिधित्वका माध्यमबाट समाजवादउन्मुख अर्थतन्त्र विकास गर्न सकिने बताउनुभयो ।

अध्यक्ष नेपालले संविधानले मार्गदर्शन गरेको न्याय र समानतामा आधारित हालको प्रणालीले महिला वर्गको राजनीतिक तथा प्रशासनिक प्रतिनिधित्व बढिरहेको तथा शिक्षा, स्वास्थ्य, उद्यमशीलताले सम्पत्तिमाथिको स्वामित्वमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *