सरकारले कृषकलाई संरक्षण गर्नै सकेन : माओवादी नेता पुन


Please Share:

कामाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले कृषकलाई संरक्षण गर्नै नसकेको बताएका छन् ।

गत वर्षको बक्यौता अनुदान उपलब्ध गराउन उखु किसानले दबाब दिइरहेका बेला पुनले सरकारसँग स्वदेशी उद्योग र कृषकलाई प्राथमिकता दिने दृष्टिकोण नै नभएको बताए । उनले तत्काल किसानलाई अनुदान रकम उपलब्ध गराउन सरकारलाई दबाब दिने बताएका हुन् ।

अर्थ मन्त्रालयमा पर्याप्त बजेट छ तर किसानलाई प्राथमिकता दिइएको छैन् । किसानलाई विगतमा दिइएको कम्तीमा पनि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनै पर्छ । करिब १९–२० खर्ब रुपैयाँको बजेट भएको देशमा किसानलाई सहयोग नदिनु सरकारको दृष्टिकोणकै समस्या हो, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *