काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले बदला लिने काम सुरु गरेको बताउँदै कोही बँच्नेवाला नभएको स्पष्ट पारेका छन् ।
पार्टीको ७ नम्बर क्षेत्रीय कमिटी, काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु शाह लगायतमाथि बदला सुरु भइसकेको उनले बताए ।
अब यो क्रम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सुरु हुन्छ, उनले भने ।
प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै कम्युनिष्ट आन्दोलनमा अधिनायकवाद मौलाईरहेको बताए ।
‘कम्युनिष्ट आन्दोलनमा अहिले देखा परेको अत्यन्तै खतरनाक अधिनायकवादी प्रवृत्तिले कस्तो कस्तो समस्या खडा गरेको छ । यो विषयमा धेरै बताइरहनु पर्दैन । जम्मै प्रमाण साक्षी छ भने तथ्य नै प्रष्ट छ,’ उनले भने ।
कम्युनिष्ट पार्टीका कार्यकर्ताको पहिलो काम समाज बदल्ने रहेको उल्लेख गर्दै त्यसका लागि अग्रसर हुन पार्टी कार्यकर्तालाई आग्रह पनि उनले गरेका छन् ।











Leave a Reply