स्याङ्जाको ढुङ्गेदेउरालीले हात पार्यो लामाचौर कप भलिबलको उपाधि


Please Share:

कास्की । नारीहरूको महान् पर्व तीजका अवसरमा पोखरामा आयोजना गरिएको लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जा पौवैगौडेको ढुङ्गेदेउराली क्लबले हात पारेको छ ।

नवआदर्श सामुदायिक विकास समाज पोखराको आयोजनामा भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा जिएम समाज कावासोतीलाई ३–२ सेटमा पराजित गर्दै ढुङ्गेदेउरालीले उपाधिसहित ट्रफी, मेडल र नगद रु तीन लाख जितेको हो ।

यसैगरी, उपविजेता जिएम समाजले रु एक लाख ५० हजार प्राप्त गरेको छ । प्रतिस्पर्धात्मक खेलमा ढुङ्गेदेउरालीले पहिलो सेट २२–२५ ले विपक्षीलाई सुम्पियो । दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेकामा तेस्रो सेट पुनः २५–२७ ले जिएम समाजलाई सुम्पियो । चौथो र पाँचौँ सेट भने २६–२४ र १५–१२ ले आफ्नो पक्षमा पार्दै उपाधिमा ढुङ्गेदेउराली कब्जा जमाउन सफल भएको हो ।

पुरुषततर्फ ढुङ्गेदेउरालीका सफल विकले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु १० हजार पुरस्कार पाए । विधागत पुरस्कारमा ढुङ्गेदेउरालीले नै वर्चस्व जमाएको छ । ‘बेस्ट स्पाइकर’ सञ्जुविक्रम शाह, ‘बेस्ट डिफेन्डर’ राजन दर्लामी, ‘बेस्ट सर्भर’ किसान गुरुङ, ‘इमर्जिङ प्लेयर’ सुगम सुनार र ‘बेस्ट कोच’ विक्रम नेपाली घोषित भएको नेपाल भलिबल सङ्घ केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *