स्वास्थ्य क्षेत्रमा लगानी बढाउन जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल


Please Share:

डोटी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी नभएकाले बढाउन जरुरी भएको बताएका छन् । आज डोटीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पौडेलले नागरिकलाई सहज स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्य क्षेत्रमा सरकारले लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।

अन्तरराष्ट्रिय मापदण्डअनुसार सरकारले स्वास्थ्य क्षेत्रमा कुल बजेटको १० प्रतिशत लगानी गर्नुपर्नेमा पाँच प्रतिशत पनि लगानी हुन नसकेको जानकारी दिँदै मन्त्री पौडेलले विकल्प खोज्नुपर्नेमा जोड दिए । सरकारले लगानी गर्न सक्ने अवस्था नभए विकल्पका लागि नागरिक लगानीमा आधारित बीमा प्रणाली विकास गरेर संवैधानिक व्यवस्थाअनुरूप स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने प्रस्ताव आफूले गरेको मन्त्री पौडेलको भनाइ छ ।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा १० प्रतिशत लगानी गर्न स्थानीय सरकार र प्रदेश सरकारलाई आग्रह गरेका छन् । मन्त्रालय र स्थानीय तहको संयुक्त लगानीमा भवन निर्माण भई हस्तान्तरण भएका आधारभूत अस्पतालको सञ्चालनका लागि भदौभित्र रु. एक करोड उपलब्ध गराइने मन्त्री पौडेलले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *