शेखर कोइरालाद्वारा आफ्नो समूहका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन


Please Share:

काठमाडौँ । नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले आफ्नो समूहबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भएकाहरूलाई राजीनामा दिन निर्देशन दिएका छन् । चीन भ्रमणमा रहेका नेता कोइरालाले आफ्नो समूहबाट मन्त्री बनेका चार मन्त्रीलाई राजीनामा दिन टेलिफोन मार्फत निर्देशन दिएको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

कोइराला समूहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी मन्त्री छन् ।

कृषिमन्त्री अधिकारीले आफूलाई नेता डा.कोइरालाले राजीनामा दिन भनेको र राजीनामा दिने तयारीमा रहेको जानकारी दिए । ‘उहाँ डा. शेखर कोइरालाले परिस्थिति असहज भयो राजीनामा दिऊँ भन्नुभयो, मन्त्री अधिकारीले भने, म राजीनामा दिने तयारीमा लागेको छु ।

अरू मन्त्रीहरूले पनि राजीनामाको तयारी गरिरहेको उनले बताए । ओली सरकारमा कांग्रेसको तर्फबाट १० मन्त्री रहेकोमा गृहमन्त्री रमेश लेखकले सोमबार नै राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *