२४ भदौ, काठमाडौं । दोस्रो दिनको प्रदर्शनमा पनि कतिपय विद्यार्थीहरू विद्यालय ड्रेसमा आएका छन् । भक्तपुरबाट सिभिल अस्पताल आएर प्रदर्शनमा उत्रेकी दिक्षिता श्रेष्ठले स्कुल ड्रेसमा प्रदर्शन गर्दा प्रहरीले गोली नहान्ने आशासहित आएको बताइन् ।
सिभिल अस्पताल अघि भइरहेको प्रदर्शनमा विद्यार्थीहरू देखिएका छन् । प्रहरीले स्कुल ड्रेसमा गोली हान्दैन भनेर आन्दोलनमा आएको विद्यार्थीको भनाइ छ ।
भक्तपुर नगरपालिका बस्ने दिक्षिता श्रेष्ठले हिजो प्रहरीले स्कुल ड्रेसमा गोली हानेता पनि आज त्यस्तो गल्ती गर्दैन भनेर आएको बताइन् । हिजो सरकारले दमन गरेको उनले बताइन् ।











Leave a Reply