काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका छन्। सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनपछिको परिस्थिति सम्हाल्न संविधानबाटबाट बाहिर जान नहुने बताएका हुन् ।
‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता,नागरिक स्वतन्त्रता,भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ, संयुक्त विज्ञप्तिमा लेखिएको छ, यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौँ ।’
उनीहरूले आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैलाई अपिल गरेका छन् ।












Leave a Reply