आ-आफ्नो क्षेत्रमा सफल र सक्षम भएका तीन जनालाई प्रधानमन्त्री कार्कीले नियुक्त गरिन् मन्त्री


Please Share:

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कार्यभार सम्हालेको दोस्रो दिन तीन मन्त्री नियुक्त गरेकी छन् । राष्ट्रपतिले शुक्रवार राति कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरे पनि आइतवार उनले कार्यभार सम्हालेकी थिइन् ।

सोमवार कार्कीले गृह र कानुन मन्त्रीको जिम्मा ओमप्रकाश अर्याललाई, अर्थमन्त्रीको जिम्मा रामेश्वर खनाललाई र ऊर्जा, जलस्रोत तथा सिँचाइसहित भौतिक पूवार्धार, यातायात व्यवस्था र सहरी विकास मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङलाई दिएकी छन् ।

अर्याल कानुन व्यवसायी हुन् भने खनाल नेपाल सरकारका पूर्वसचिव तथा घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् । उनीहरू तिनै जना आ–आफ्नो फिल्डमा सफल र सक्षम मानिन्छन् ।

देशको विषम परिस्थितिमा महत्वपूर्ण निकायको जिम्मेवारी लिएकाले उनीहरूको यकिन क्षमता अब मूल्यांकन हुने विश्लेषकहरूको भनाइ छ । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्कीले पद तथा गोपनियताको सपथग्रहण गराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *