ज्यान गुमाएका जेन्जीको सम्मानमा बुधबार सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाउने


Please Share:

काठमाडौँ । यही भदौ २३ र २४ गते जेनजी पुस्ताको प्रदर्शनमा ज्यान गुमाउनेहरूको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको थियो ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, मिति २०८२ भाद्र २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन मिति २०८२/०६/०१ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रीपरिषदको मिति २०८२/०५/ ३० गते निर्णय भएको व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *