काठमाडौं । इजरायलले बिपिन जोशीको शव नेपाललाई हस्तान्तरण गरेको छ ।
हमासको अपहरणमा परेर मारिएका विपिन जोशीको शव इजरायलको तेल अवीवस्थित विमानस्थलमा श्रद्धाञ्जली सभा गरी नेपाल ल्याउन लागिएको हो।
शव सोमबार फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइने जनाइएको छ । प्रधानमन्त्री, मन्त्री तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले श्रद्धाञ्जली अर्पण गर्ने तयारी गरेका छन्।
इजरायली विदेश मन्त्रालयको घोषणाअनुरुप जोशीको शव नेपाल पठाउनुअघि विमानस्थलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । जोशीको शव राखिएको कफिनमा नेपाली झण्डा ओढाइएको छ ।
उनिसहित कृषि अध्ययनका लागि इजरायल पुगेका अन्य १० जना हमासकै अक्रमणमा परि ज्यान गुमाएका थिए ।

विपिनलाई ७ अक्टोबर २०२३ मा इजरायलको किब्बुज आलुमिममा हमासद्वारा भएको हमलाको क्रममा अपहरण गरिएको थियो। उनी इजरायल सरकारद्वारा पुष्टि गरिएका बन्धकमध्ये एक थिए । तर हमासले अन्तिममा उनको शव इजरायल सरकारलाई दिएको थियो ।











Leave a Reply