कोशी टप्पुमा देखिन थाले साइवेरिया र रुससम्मका पाहुना चरा


Please Share:

विराटनगर । सुनसरीको कुशहास्थित कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा पाहुना चराहरु देखिन थालेका छन् ।

हिउँदयाम प्रारम्भ भएसँगै पाहुना चराहरु विचरणका लागि आउने गरेको आरक्षणका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिए । उनका अनुसार सिमसार र जलाशय रहेको सो क्षेत्रमा २२ वटा डल्फिन पनि रहेको पत्ता लागेको छ ।

प्रत्येक दुई वर्ष चराको गणना हुनुपर्ने मा यस वर्ष गणना नभएको र यस क्षेत्रमा ५३५ प्रजातिको चराहरुको बासस्थान रहेको उनको भनाइ छ । आरक्षणमा साइवेरिया र रुससम्मका चराहरु आउने गरेका छन्

आरक्षणमा ५०० भन्दा बढी जङ्गली भैँसी अर्ना रहेको र सन् २०२१ मा गणना हुँदा कूल ४९८ वटा अर्ना रहेको पुष्टि भएको थियो ।

यस वर्षको अविरल वर्षा र झरीबाट कुनै पनि क्षति नभएको सो क्षेत्रमा संरक्षित जनावरहरु नजिकै गाउँबस्तीमा प्रवेश गर्दा समस्या उत्पत्र हुने गरेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *