काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी लिनुपर्ने बताएका छन् । नेपाल कानुन समाजद्वारा आज आयोजित ‘आगमी प्रतिनिधिसभाको निर्वाचन, चुनौती र अवसर’ विषयक अन्तरक्रियामा उनले सरकार, राजनीतिक दल, जेनजी पुस्ता, नागरिक समाजबीचको हार्दिकतापूर्ण संवादको माध्यमबाट त्यसखाले निर्वाचनको वातवारण बनाउन सकिने धारणा व्यक्त गरेका हुन् ।
संविधान निगरानी समूहका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले भने, “आगामी निर्वाचन ‘निर्वाचनका लागि निर्वाचन’ नभई निर्वाचन कानुन, पद्धति र प्रक्रिया सुधार गरेर लैजानुपर्छ, जसले आमजनता र युवा पुस्ताको भावनालाई सम्बोधन गर्न सकोस्, लोकतन्त्रको लामो अभ्यास भए पनि अहिले नेता बलिया र जनता कमजोर जस्तो देखिएको छ, यसमा रूपान्तरण हुनुपर्छ ।”











Leave a Reply