काठमाडौं । समाजसेवी पवित्रा गौतमको आर्थिक सहयोगमा गौशालामा यात्रु प्रतीक्षालय निर्माण भएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँको गौशला स्थित प्रहरी चौकी र यात्रु प्रतीक्षालय पूर्ण रुपमा ध्वस्त भएको थियो ।
इजरायलमा कर्मथलो बनाउदै आएकी गौतम त्यसबेला नेपालमा थिइन् । यात्रु प्रतीक्षालय समेत जलेको देखेपछि निर्माणका लागि आर्थिक सहयोग गरेकी हुन् । हाल प्रतीक्षालय निर्माण सम्पन्न भइसकेको छ । प्रहरी परिसरले एक कार्यक्रममा समाजसेवी गौतमलाई सम्मान सहित प्रमाणपत्र प्रदान गरेको छ ।

आन्दोलनमा क्रममा काठमाडौं लगायत देशभरका धेरै जसो प्रहरी चौकीहरू जलाइएका थिए ।
नेपालीहरुको दुखमा सहयोग प्रदान गर्दै आएकी गौतमले विभिन्न कामले प्रहरी परिसरमा आउने नागरिकलाई सहजताका लागि यात्रु प्रतीक्षालय बनाइदिएको बताइन् । मान्छेलाई दुख पर्दा डटेर उसको साथमा उभिनु पर्दछ, यो नै मानवीयता हो, धर्म हो, उनी भन्छिन् ।
आन्दोलनका क्रममा दिवङ्गत प्रहरी प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले भनिन् हरेक दुखमा, अप्ठेरोमा हामीले पहिलो फोन प्रहरीलाई गर्ने हो । हामी र प्रहरीबीचमा सुमधुर सम्बन्ध र सहयोग रहनु पर्दछ ।












Leave a Reply