प्रदेश

  • मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु, व्यापारीहरुको चहलपहल बाक्लियो

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु, व्यापारीहरुको चहलपहल बाक्लियो

    मुस्ताङ । स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । जिल्लास्थित सरोकारवाला निकायहरुले जिल्लामा छिटो पाक्ने स्याउ टिप्ने समय यही भदौ १५ गते तोकिएसँगै किसान तथा व्यापारीले धमाधम छिटो पाक्ने जातका स्याउ टिप्न सुरु गरेका हुन् । जिल्लाको स्याउको गुणस्तर कायम राख्न तथा बिक्री वितरण गर्न जनाउँदै जिल्ला समन्वय समितिको पहलमा…

  • सुदूरपश्चिममा प्याराग्लाइडिङ अध्ययनः पर्यटन ‘सर्किट’ निर्माण गर्न सकिने

    सुदूरपश्चिममा प्याराग्लाइडिङ अध्ययनः पर्यटन ‘सर्किट’ निर्माण गर्न सकिने

    सुदूरपश्चिम । बिहानको पहिलो घाम चुरेका डाँडामाथि फैलिएको छ । तल कर्णाली नदीको नीलो घुम्ती, छेवैमा बर्दियाको घना जङ्गल र टाढासम्म देखिने कैलालीको समथर भूभाग । पाइलटले हावाको दिशा नियाल्दै प्याराग्लाइडरको ‘क्यानोपी’ फुकाउँछ । केही सेकेन्डमै ऊ जमिनबाट छुट्टिएर आकाशतिर उक्लिन्छ । तलका गाउँहरू साना बिन्दुमा बदलिन्छन् । कर्णाली नदी चाँदीको धर्सो झैँ देखिन्छ ।…

  • धनुषा-सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै

    धनुषा-सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै

    जनकपुरधाम । धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निर्माण गरिएको देशकै दोस्रो लामो झोलुङ्गे पुल सञ्चालनमा आएपछि त्यस क्षेत्र पर्यटक गन्तव्यस्थलका रूपमा विकास र विस्तार भएको छ । पुल निर्माणपछि पछिल्लो समय दुवै जिल्लाका स्थानीयलाई एक अर्को जिल्लामा आवतजावत गर्न समेत सहज भएको छ । कमला नदीमाथिको झोलुङ्गे पुलबाट त्यस वरपरको मनमोहक दृश्यावलोकन गर्नेको पछिल्ला…

  • पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घट्यो

    पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घट्यो

    काठमाडौं । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर आजदेखि नै लागू हुनेगरी दुई प्रतिशतले घटाएको छ । विभागले आज सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाइएको हो । विभागले पछिल्लो पटक भाडादर समायोजन गर्दा भएको डिजेलको…

  • हुम्लीलाई घरदैलोमै गएर नुन वितरण

    हुम्लीलाई घरदैलोमै गएर नुन वितरण

    हुम्ला । नेपाल साल्ट ट्रेडिङले ताँजाकोट गाउँपालिकामा नुन बिक्रीवितरण गरेको छ । स्थानीय बासिन्दालाई घरदैलोमै गएर नुन बिक्रीवितरण गरेको नेपाल साल्ट ट्रेडिङ शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले बताए । उनका अनुसार चङ्खेली गाउँपालिकामा ४३१ क्विन्टल, सर्केगाड गाउँपालिकामा ४७० क्विन्टल, नाम्खा गाउँपालिकामा ६३० क्विन्टल नुन बित्रीवितरण गरिएको छ । जिल्लामा झण्डै छ महिनापछि नुन आपूर्ति भएपछि…

  • मुस्ताङमा भारी हिमपात, सवारी आवागमनमा समस्या

    मुस्ताङमा भारी हिमपात, सवारी आवागमनमा समस्या

    मुस्ताङ । आज बिहानैदेखि भएको भारी हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ । चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । चराङ–लोमान्थाङ सडकमा उक्त सडकमा आठ इञ्चसम्म हिउँ जमेकाले आवागमन असहज प्रहरी नायब…

  • गाउँमा नै राष्ट्रिय परिचयपत्र बन्न थालेपछि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

    गाउँमा नै राष्ट्रिय परिचयपत्र बन्न थालेपछि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

    हुम्ला । हुम्लाका अधिकांश ग्रामीण भेगका नागरिकको राष्ट्रिय परिचयपत्र गाउँमा नै बन्न सुरु भएपछि सदरमुकाम सिमकोट धाउनुपर्ने बाध्यता हटेको छ । यसअघि गाउँमा राष्ट्रिय परिचयपत्र नबन्दा यहाँका नागरिकले हजारौँ रुपैयाँ खर्चेर सदरमुकाम सिमकोटमा रहेको जिल्ला प्रशासन कार्यालयमा धाउनु परेको थियो । पछिल्लो समय हुम्लामा एक महिनाको अवधिमा तीन हजार २६३ जनाको राष्ट्रिय परिचयपत्रका लागि ‘डाटा’ सङ्कलन कार्य…

  • हिमाली च्याङ्ग्रा पहाड र तराईका मुख्य बजारमा

    हिमाली च्याङ्ग्रा पहाड र तराईका मुख्य बजारमा

    बागलुङ । दसैँ नजिकिएसँगै हिमाली क्षेत्रबाट व्यापारीले धमाधम च्याङ्ग्रा बजार झारिरहेका छन् । दश दिन अगाडिबाटै व्यापारीले मुस्ताङ र डोल्पाका उच्च क्षेत्रबाट म्याग्दी, बागलुङ, पर्वत, पोखरा हुँदै चितवन र बुटवलसम्म पुर्याउने गरेका छन् । मुस्ताङका किसानले उत्पादन गरेको च्याङ्ग्रा सहरी क्षेत्र व्यापारीले खरिद गरी बजार पुर्याउने गरेका छन् । यतिबेला सडक छेउछाउमा बाक्लै च्याङ्ग्राका बथानहरू…

  • भीमफेदी कारागारबाट भागेका कैदीबन्दीहरू आफैँ फर्किए

    भीमफेदी कारागारबाट भागेका कैदीबन्दीहरू आफैँ फर्किए

    बागमती । जेनजी प्रदर्शनका क्रममा कारागारबाट फरार भएकामध्ये ६८ जना कैदीबन्दी आफैँ मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागार फर्केका छन् । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागार भीमफेदीलगायत विभिन्न कारागारबाट फरार भएकामध्ये आज बिहानसम्म २५९ जना कैदीबन्दी कारागार फर्केका छन् । भीमफेदी कारागारबाट भागेकामध्ये आज बिहानसम्म १९८ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए । प्रमुख…

  • ट्राफिक व्यवस्थापनमा स्वमंसेवक बने विद्यार्थी नेता पाण्डे

    ट्राफिक व्यवस्थापनमा स्वमंसेवक बने विद्यार्थी नेता पाण्डे

    काठमाण्डौँ । यहि भदौ २३ र २४ गते भएको जेन्जी प्रदर्शनमा ट्राफिक प्रहरी चौकी ध्वस्त भएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल अवस्थामा पुगेकाले नागरिकलाई हुन गएकोे सास्तीलाई मध्येनजर गर्दै अनेरास्ववियुका नेता नितिन पाण्डेले उपत्यकाको ट्राफिक व्यवस्थापनमा २ दिन स्वमंसेवा प्रदान गरेका छन् । अनेरास्ववियु पाटन संयुक्त क्याम्पस कमिटी अध्यक्ष समेत रहेका पाण्डेले यतिबेला सबै नागरिकले आफ्नो…